छ लाख नगदसहित १३ जना पक्राउ

हिमाल प्रेस २९ कार्तिक २०८१ ९:५१ | Thursday, November 14, 2024
छ लाख नगदसहित १३ जना पक्राउ

तनहुँ- शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा जुवाको खालबाट छ लाख ४३ हजार एक सय ९० रुपैयाँ सहित १३ जना पक्राउ परेका छन्।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरूलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।

खालबाट १६ थान कौडा बरामद भएको छ। उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ ९:५१ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast