चेल्सी र आर्सनलको रोचक बराबरी

हिमाल प्रेस २६ कार्तिक २०८१ ७:३९ | Monday, November 11, 2024
चेल्सी र आर्सनलको रोचक बराबरी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले अंक बाँडेका छन्। खेल १‍-१ को बराबरीमा टुंगिएपछि अंक बाँडेका हुन्।

यो बराबरीसँगै अंक तालिकामा यी दुई टोली बराबरी अंकका साथ चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन्। यी दुई टोलीको जित, हार र बराबरीको शृंखला पनि बराबरी रहेको छ।

हालसम्म दुवै टोलीले ५ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार भोगेका छन्। समान अंक भएपनि चेल्सी गोलअन्तरमा अघि रहँदै चेल्सी तेस्रो स्थानमा रहेको हो।

आइतबार रातिको खेलमा खेलमो ६० औँ मिनेटमा ग्रावियल मार्टिनेलीको गोलमा आसर्नलले सुरुवाती अग्रता बनाएको थियो। तर यो अग्रता लामो टिक्न सकेन।

७० औँ मिनेटमा इन्जो फर्नान्डेजको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्‍याएका थिए।

गएरातिकै अर्को खेलमा न्यु क्यासल युनाइटेडले नटिंघम फरेष्टमाथि ३–१ को जित दर्ता गरेको छ। इप्सविच टाउनले भने टोटनहम हट्सपरलाई २–१ ले हराएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ ७:३९ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast