चक्रवर्तीले ५ विकेट लिँदा पनि दक्षिण अफ्रिकामाथि भारतको हार

हिमाल प्रेस २६ कार्तिक २०८१ ६:५३ | Monday, November 11, 2024
चक्रवर्तीले ५ विकेट लिँदा पनि दक्षिण अफ्रिकामाथि भारतको हार

काठमाडौँ- टी-२० शृंखला अन्तर्गतको दोस्रो खेलमा भारतमाथि दक्षिण अफ्रिका विजयी बनेको छ। यो जित सँगै शृंखला बराबरी बनेको छ। यसअघिको पहिलो खेल भारतले जितेको थियो।

सुरुवाती ब्याटिङ गरेको भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो। जबाफमा दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका लागि वरुण चक्रवर्तीले ५ विकेट लिए।

खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाले राम्रो सुरुवात गर्दै सुरुका तीन ब्याट्सम्यानलाई आउट गरेको थियो।

पछिल्लो खेलमा शतक प्रहार गरेका ब्याट्सम्यान सञ्जु सामसन यस खेलमा शून्य रनमा आउट भएपछि अभिषेक शर्मा चार रन बनाएर प्याभिलियन फर्किए भने भारतीय कप्तान सूर्यकुमार यादव पनि चार रन बनाएर प्याभिलियन फर्किएका थिए।

अन्य ब्याट्सम्यानले इनिङ्स सम्हाल्ने प्रयास गरे। जसमध्ये अक्षर पटेलले २१ बलमा २७ रन र तिलक बर्माले २० बलमा २० रन बनाए। हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाए।

यो सिरिजको पहिलो खेल भारतले जितेको थियो।

प्रकाशित: २६ कार्तिक २०८१ ६:५३ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast