घट्यो सेयर बजार

हिमाल प्रेस ६ मंसिर २०८१ १५:२४ | Thursday, November 21, 2024
घट्यो सेयर बजार

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो।

आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो। जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ।

आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ। आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १५:२४ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast