ग्राहक संरक्षणमा राष्ट्र बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी

हिमाल प्रेस ३० कार्तिक २०८१ १८:०६ | Friday, November 15, 2024
ग्राहक संरक्षणमा राष्ट्र बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन्।

नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम् समेत बनाउन लागेको बताएका हुन्।

उनले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सूक्ष्म निगरानी गरिने धारणा राखे।
गभर्नर अधिकारीले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरू निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारे।

उनले बैंकको उद्देश्य प्राप्तिका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्न सक्नुपर्ने र कर्मचारीसँग पनि ग्राहक सन्तुष्ट हुन जरुरी रहेको बताए। त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव समेत दिए।

प्रकाशित: ३० कार्तिक २०८१ १८:०६ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast