गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान रोकिन्न, अब भैरहवा पर्यटनको इपिसेन्टर : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस ८ मंसिर २०८१ १३:४२ | Saturday, November 23, 2024
गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान रोकिन्न, अब भैरहवा पर्यटनको इपिसेन्टर : पर्यटनमन्त्री पाण्डे

लुम्बिनी- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमवुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका छन्।

सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीले आशंका गरेपछि मन्त्री पाण्डेले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भैरहवा भोगौलिक रूपमा नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा धेरैलाई पायक पर्ने बताए। मन्त्री पाण्डेले विमानस्थल दीगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने बताए।

‘महिनामा २ पटक यही कार्यालयबाट कार्यकक्ष चलाऔँ भन्नेमा छु’उनले भने, ‘ मेचीमहाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ।’

उनले मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टको संज्ञा दिए। उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसेर कार्यान्वयन गरिने बताए।

गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए। ‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईंहरूले बधाई दिँदा म झस्किन्छु, किन भने ५ महिनापछि त्यो बधाई बजाईमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु’ मन्त्री पाण्डेले भने।

उनले विमानस्थलसँग सम्बन्धित तत्त्काल गर्नुपर्ने काम र प्राविधिक तथा दीगो रुपमा गर्नुपर्ने कामलाई सूचीबद्ध गरेर गर्ने समेत बताए। उनले भैरहवाको विमानस्थल सञ्चालन हुनेबितिकै पोखरा पनि चल्ने विश्वास दिलाए।

प्रकाशित: ८ मंसिर २०८१ १३:४२ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast