प्रतिनिधिमूलक तस्बिर
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।
खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो।
प्रकाशित: ८ मंसिर २०८१ १२:५२ | Saturday, November 23, 2024
प्रतिक्रिया




