गाउँपालिका विद्यालयस्तरीय प्रश्नपत्रबारे प्रधानाध्यापकलाई पत्र

हिमाल प्रेस ५ मंसिर २०८१ १२:४० | Wednesday, November 20, 2024
गाउँपालिका विद्यालयस्तरीय प्रश्नपत्रबारे प्रधानाध्यापकलाई पत्र विद्यालय। प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिका विद्यालयस्तरीय परीक्षा समितिले प्रश्नपत्र निर्माण गरी उपलब्ध गराइदिन प्रधानाध्यापकलाई पत्र लेखेको छ।

प्रधानाध्यापकलाई सम्बोधन गरी सोमबार लेखिएको पत्रमा उमाकुण्ड गाउँपालिकाभरिमा सञ्चालित सामुदायिक विद्यालयहरूको २०८१ सालको दोस्रो त्रैमासिक परीक्षाका लागि
प्रश्नपत्र उपलब्ध गराउन अनुरोध गरिएको छ।

आगामी पुस १ गतेबाट सुरु हुने कक्षा ६ देखि कक्षा १० सम्मका प्रश्नपत्रहरू पालिकास्तरीय परीक्षा समितिले उपलब्ध गराएको कोर्स कभरेज अनुसार प्रत्येक विषयको कक्षा ६ देखि कक्षा ८ सम्म ५० पूर्णाङ्क र कक्षा ९ देखि कक्षा १० सम्म ७५ पूर्णाङ्कको वार्षिक ग्रीडअनुसार प्रत्येक विद्यालयबाट प्रत्येक कक्षाको प्रत्येक विषयको १/१ सेट तयार गरी मंसिर १० गतेभित्र समितिमा उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

Letter Head
प्रकाशित: ५ मंसिर २०८१ १२:४० | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast