क्याम्पस प्रमुख कुशवाहा हत्याका प्रमुख अभियुक्त पक्राउ

हिमाल प्रेस १३ मंसिर २०८१ ११:१६ | Thursday, November 28, 2024
क्याम्पस प्रमुख कुशवाहा हत्याका प्रमुख अभियुक्त पक्राउ

काठमाडौँ- बाराको कलैयास्थित रामरजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

भारत र नेपालका विभिन्न ठाउँमा लुकेर बस्दै आएका सुरेन्द्रप्रसादलाई मोरङबाट पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहाले मृत्यु अघि सुरेन्द्रप्रसादले आफूमाथि आक्रमण गर्न लगाएको बताएका थिए।

तत्कालीन क्याम्पस प्रमुख कुशवाहामाथि गत जेठ ३२ गते बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा गोली प्रहार भएको थियो। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बयोधा अस्पताल बीगरञ्ज लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीको अनुसन्धानबाट नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका ४१ वर्षीय सुरेन्द्रप्रसादसहित १७ जनाले क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरेको खुलेको थियो।

घटनामा पक्राउ परेको चन्द्रमणीप्रसाद कुशवाहाल चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, विनोद राउत कुर्मी, रोधशकुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवणकुमार साह, हरिन्दर महरा, ब्रम्हदेव राम, मोतीलाल चौधरीमध्ये राधेशकुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा रिहा भएको आठ जना पुर्पक्षका लागि करागार चलान भएका प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएका पेस्तोल दुई थान, गोली सात राउण्ड, मोबाइल चार थान प्रहरीले बरामद गरेको थियो। मुख्य अभियुक्त भनिएका सुरेन्द्रप्रसादमाथि कर्तव्य ज्यान तथा हातहतियारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८१ ११:१६ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast