कीर्तिपुर नगरप्रमुखमा नेसपा नयाँ शक्तिले गरायो महर्जनको उम्मेदवारी दर्ता

हिमाल प्रेस २ मंसिर २०८१ ११:४२ | Sunday, November 17, 2024
कीर्तिपुर नगरप्रमुखमा नेसपा नयाँ शक्तिले गरायो महर्जनको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपा नयाँ शक्तिले कीर्तिपुर नगरपालिका प्रमुखमा दिल कुमार महर्जनको उम्मेदवारी दर्ता गराएको छ।

प्रवक्ता कृष्ण शर्माले आज पहिलो नम्बरमा महर्जनको उम्मेदवारी दर्ता गराइएको जानकारी दिए।

उनले भने, ‘नेसपा (नयाँ शक्ति) बाट कीर्तिपुर नगरप्रमुखमा पहिलो नम्बरमा दिल कुमार महर्जनको उम्मेदवारी दर्ता गरायौं। हाम्रो चुनाव चिन्ह ‘आँखा’ हो।’

कीर्तिपुरका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि रिक्त स्थानमा मंसिर १६ गते चुनाव हुँदैछ।

प्रकाशित: २ मंसिर २०८१ ११:४२ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast