काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार बोडी र भिन्डी महँगिएको छ । भिन्डी अघिल्लो दिन अधिकतम ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आइतबार १४० पुगेको छ ।
त्यस्तै तने बोडी र मकैबोडी पनि महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तने बोडी प्रतिकिलो १७० रुपैयाँ र मकैबोडी ७० रुपैयाँ पुगेको छ । सिजन सकिएसँगै आपूर्ति घटेपछि बोडी र भिन्डी महँगिएको हो ।
हाल गोलभेँडाको भाउ केही स्थिर देखिएको छ। ठूलो गोलभेँडा १००, तथा सानो गोलभेँडा ८० रुपैयाँमा कारोबार भएको छ।
रातो आलु ८०, सेतो आलु ६५, स्थानीय बन्दागोभी ७०, स्थानीय काउली १२०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ६०, घिउ सिमी १२०, टाटे सिमी ९०, तीते करेला १००, लौका ६०, परवर ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।
इस्कुस २५, बरेला ५०, रायो साग ६० तथा पालुंगो साग ६० रुपैयाँ प्रतिकिलो छ। तरुल १००, कन्य च्याउ २४०, डल्ले च्याउ २५० तथा कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ।




