काठमाडौँ महानगरले ‘वाउ’ गर्दै

हिमाल प्रेस ४ मंसिर २०८१ १९:४७ | Tuesday, November 19, 2024
काठमाडौँ महानगरले ‘वाउ’ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मंसिर ८ र ९ गते काठमाडौँमा वुमेन अफ द वर्ल्ड  (वाउ) को सातौँ संस्करण आयोजना गर्ने भएको छ।

महानगरले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँको नक्सालस्थित नन्दीकेशर बगैँचामा वुमेन अफ द वर्ल्डको आयोजना गर्न लागेको जनाएको हो।

लैंगिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँ ल्याउने अपेक्षा गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन्।

उनले महिला बालबालिकाहरूले भोगिरहेका समस्या समाधानका लागि आपसी सिकाइ र भोगाइको अनुभव साटासाट गराउने सम्मेलनको उद्देश्य रहेको बताए। लैंगिक मुद्दालाई सार्वजनिक स्थानबाट उठाउन सम्मेलन उपयुक्त अवसर भएको उनको भनाइ छ।

महोत्सवमा १० हजार भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा महानगरले गरेको छ।

प्रकाशित: ४ मंसिर २०८१ १९:४७ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast