कांग्रेस विधिअनुसार नचल्दा समस्या हुने गरेको छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस १४ मंसिर २०८१ १९:४४ | Friday, November 29, 2024
कांग्रेस विधिअनुसार नचल्दा समस्या हुने गरेको छ : उपप्रधानमन्त्री सिंह प्रकाशमान सिंह

तनहुँ- नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस तनहुँले आज (शुक्रबार) दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उनले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताएका हुन्।

सहरी विकासमन्त्री समेत रहेका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताए।

आफू जहिल्यै पनि पार्टीको सुधार अभियानमा लागिपरेको बताउँदै सिंहले पार्टीमा समस्या छ मात्रै भन्ने तर सुधारको बाटो नदेखाउने परिपाटी रहेको बताए। ‘पार्टीभित्र यो भएन, त्यो भएन मात्रै भन्ने जमात पनि छन्। त्यस्तो भनेर मात्र हुँदैन  के गर्न सकिन्छ त्यसका लागि मार्गनिर्देश समेत गर्न सक्नुपर्छ,’ उनले भने।

सिंहले अहिले देशमा देखिएको समस्याको समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको उल्लेख गरे। -रासस

प्रकाशित: १४ मंसिर २०८१ १९:४४ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast