कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

हिमाल प्रेस ६ मंसिर २०८१ १७:४३ | Thursday, November 21, 2024
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा शुक्रबार छलफल गर्न लागिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८१ १७:४३ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast