 
                             
                                            काठमाडौँ- लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘कल्ली’ मा कलाकार उत्तम प्रधान अनुबन्धित भएका छन्। फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुनार र निर्माता किरण नेपालीले सिक्किम पुगेर कलाकार प्रधानलाई अनुबन्धित गरेका हुन्।
उनी लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही समयअघि उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए।
लामो समयकाे अन्तरालमा नेपाली फिल्ममा कमब्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रधानले प्रतिक्रिया दिए। फिल्ममा उनको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन।
तुलसी घिमिरे निर्देशनमा बनेको फिल्म ‘दर्पणछाँया’ बाट नेपाली फिल्ममा पाइला चालेका थिए। उत्तमले पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय थिएनन्।
उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। यसअघि फिल्ममा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल अनुबन्धित भइसकेका छन्।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।
फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 