करेन्ट लागेर युवकको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८१ १२:४३ | Monday, November 18, 2024
करेन्ट लागेर युवकको मृत्यु सांकेतिक तस्बिर

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोलमा चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाइँको मृत्यु भएको जानकारी दिए।चौलागाइँ विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए।

घटनाको विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८१ १२:४३ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast