एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

हिमाल प्रेस ९ मंसिर २०८१ १२:२५ | Sunday, November 24, 2024
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। १८ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त धामीले गर्नेछन्। १८ जनाभित्र रहेका दिलसद अली, राजेश यादव र दयान्द यादवले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

एसिया कप मंसिर १४ देखि २३ सम्म यूएईमा हुँदैछ। समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ।

यसैगरी क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल(उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार

प्रकाशित: ९ मंसिर २०८१ १२:२५ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast