एसईई ग्रेडवृद्धि परीक्षाको उत्तरपुस्तिका हेर्न सकिने

हिमाल प्रेस १४ मंसिर २०८१ ६:३२ | Friday, November 29, 2024
एसईई ग्रेडवृद्धि परीक्षाको उत्तरपुस्तिका हेर्न सकिने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि  (पुरक) २०८० को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न सकिनेसम्बन्धी सूचना जारी गरेको छ। बोर्डले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र प्रक्रिया पूरा गरेर उत्तरपुस्तिका हेर्न सकिने जनाएको हो।

बोर्डले सूचनामा भनेको छ,‘२०८० सालको माध्यमिक शिक्षा परीक्षा (SEE)को ग्रेडवृद्धि परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरू मध्ये पुनर्योग गराउन निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगका लागि निवेदन दिएका विषयका उपर चित्त नबुझेमा उत्तरपुस्तिका पुन:परीक्षण निर्देशिका, २०७५ बमोजिम उत्तरपुस्तिका हेर्नका लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रक्रिया पूरा गरेर यस कार्यालयमा निवदेन दिनहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रकाशित: १४ मंसिर २०८१ ६:३२ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast