काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट हुने भएको छ। नेपाल क्रिकेट संक (क्यान) र त्रिभुवन विश्वविद्यालयबीच भएको सहमति अनुसार साधारणतर्फको टिकट खरिदमा ५० प्रतिशत छुट गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
साधारणतर्फ टिकटको दर ३०० रुपैयाँ राखिएको छ। क्यानले ढिलो गरी जानकारी गराएकाले शनिबार हुने उद्घाटन खेलमा भने विद्यार्थीहरुले टिकट लिन सक्ने छैनन्। क्यानले यसअघि नै सबै टिकट बिक्रि भइसकेको जानकारी गराएको छ।
शनिबार विराटनगर किंस् र जनकपुर बोल्ट्सबिच खेल हुँदैछ। एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: १५ मंसिर २०८१ ७:०० | Saturday, November 30, 2024
प्रतिक्रिया




