एनपीएलका लागि ज्यादै उत्साहित छु : शिखर धवन

हिमाल प्रेस १४ मंसिर २०८१ १९:०४ | Friday, November 29, 2024
एनपीएलका लागि ज्यादै उत्साहित छु : शिखर धवन शिखर धवन

काठमाडौँ- भारतका पूर्वक्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्न पाउँदा ज्यादै उत्साहित भएको बताएका छन्।

कर्णाली याक्सका लागि अनुबन्धित भएर एनपीएल खेल्न शुक्रबार साँझ काठमाडौँ आइपुगेका धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनले नेपाली क्रिकेटमा पछिल्लो समय भइरहेको प्रगति प्रशंसनीय रहेको उल्लेख गरे।

एनपीएलको सदस्य हुन पाउँदा खुशी लागेको बताउँदै धवनले खेलका क्रममा आफ्नो अनुभव साझा गर्ने जिकिर गरे।

नेपाल र भारतबीच सदियौँदेखिको सम्बन्ध रहेको बताउँदै एनपीएलजस्ता प्रतियोगिताले यो सम्बन्धलाई थप प्रगाढ बनाउन मद्त पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: १४ मंसिर २०८१ १९:०४ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast