एनपीएलः सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो जर्सी

हिमाल प्रेस २७ कार्तिक २०८१ १८:२२ | Tuesday, November 12, 2024
एनपीएलः सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो जर्सी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को टिम सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पहेँलो रंगको जर्सी सार्वजनिक गरेको हो।

कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट, टिमका सञ्चालकले संयुक्तरूपमा जर्सी सार्वजनिक गरे।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले लिगका लागि टिमहरूले गरेको तयारी उत्साहपूर्ण रहेको बताए। उनले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाइ धेरै माथि उठाउने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ। सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा अनुबन्धित भएका छन्।

प्रकाशित: २७ कार्तिक २०८१ १८:२२ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast