एनपीएलः फ्रेन्चाइज टोलीको २४ सै घण्टा निगरानी, एन्टिकरप्सन टिम परिचालन हुने

हिमाल प्रेस २६ कार्तिक २०८१ १८:०३ | Monday, November 11, 2024
एनपीएलः फ्रेन्चाइज टोलीको २४ सै घण्टा निगरानी, एन्टिकरप्सन टिम परिचालन हुने फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्ररूपले अघि बढिरहेको बताएको छ।

एनपीएलका सन्दर्भमा सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्ररूपले अघि बढिरहेको बताएका हुन्।

लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए।

खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीको रूपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे। खेल र खेलाडीको विकास सँगसँगै क्रिकेटमा आकर्षण बनाउन पनि लिग महत्त्वपूर्ण हुने उनले बताए।

अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोस्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए।

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ सै घण्टा निगरानी हुने जानकारी दिए। लिग अवधिभर एन्टीकरप्सन टीम सक्रिय रहने उनको भनाइ छ।

एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रकाशित: २६ कार्तिक २०८१ १८:०३ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast