उमाकुण्ड गाउँपालिकाले बढायो सबै तहका प्रधानाध्यापकको भत्ता

हिमाल प्रेस ३० कार्तिक २०८१ ६:५७ | Friday, November 15, 2024
उमाकुण्ड गाउँपालिकाले बढायो सबै तहका प्रधानाध्यापकको भत्ता

काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भत्तामा केही रकम थप गरेको छ।

गाउँपालिकाले संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत ङावा शेर्पाले हिमालप्रेसलाई जानकारी दिए।

उनका अनुसार माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याइएको छ भने आधारभूत तह १–८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याइएको छ। त्यसैगरी आधारभूत तह १–५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ पुर्‍याइएको छ।

संघीय सरकारले माध्यमिक तहका प्रधानाध्यापकलाई प्रधानाध्यापक भत्ता मासिक ५०० रुपैयाँ, ८ कक्षा सम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक ३०० रुपैयाँ र ५ कक्षासम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक २०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ।

गाउँपालिका विद्यालयले पाउने वार्षिक मसलन्द खर्चबाट प्रधानाध्यापकलाई भत्ता दिइएको अधिकृत शेर्पाले जानकारी दिए। मसलन्द खर्चको १० लाख रुपैयाँबाट भत्ता दिइएको हो।

शेर्पाले पालिकाभित्र शैक्षिक सुधारका लागि काम भइरहेको पनि जानकारी दिए। उनले सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि एसईई लक्षित छुट्टै कक्षा सञ्चालन गरिने पनि बताए। साथै सिकाइ कमजोर भएका विद्यार्थी पहिचान गरी विशेष कक्षा सञ्चालन गर्न लागिएको पनि जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०८१ ६:५७ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast