उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा आयोगले खटायो अनुगमन टोली

हिमाल प्रेस १२ मंसिर २०८१ १६:१८ | Wednesday, November 27, 2024
उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा आयोगले खटायो अनुगमन टोली निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ। आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मंसिर २ गतेदेखि लागू भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको हो।

काठमाडौँ-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका छन्। कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको हो।

आचारसंहिताको उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न उक्त टोली खटिएछ। त्यस्तै, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ। आचारसंहिताको उल्लंघन गरेमा उम्मेदवारी नै रद्द गर्न सक्ने पनि चेतावनी आयोगले दिएको छ।

प्रकाशित: १२ मंसिर २०८१ १६:१८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast