उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

हिमाल प्रेस ९ मंसिर २०८१ १६:१० | Sunday, November 24, 2024
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति पौडेलले स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न आइतबार स्वीकृति दिएका हुन्।

मन्त्रिपरिषदको मंसिर ६ गतेको निर्णयबमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्थानीय उपनिर्वाचनमा राष्ट्रपतिबाट सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८१ १६:१० | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast