उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना

हिमाल प्रेस ३० कार्तिक २०८१ १७:१९ | Friday, November 15, 2024
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा शुक्रबार कार्यालय स्थापना गरेको हो।

३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यालय स्थापना भएपछि मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम २०८१ मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ हुनेछ।

मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८१ १७:१९ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast