उपनिर्वाचनका दिन बिदाको व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

हिमाल प्रेस ९ मंसिर २०८१ १७:३४ | Sunday, November 24, 2024
उपनिर्वाचनका दिन बिदाको व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका दिन सम्बन्धित पालिकामा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ।

आयोगको आइतबार बसेको बैठकले मंसिर १६ गते मतदान हुने स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडाध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो।

त्यस्तै मंसिर १३ गतेदेखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिकस्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोगक गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।

आयोगले उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकिल्पक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित निकायलाई आह्वान गरेको छ।

प्रकाशित: ९ मंसिर २०८१ १७:३४ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast