उच्च अंकले बढ्यो सेयर बजार

हिमाल प्रेस २५ कार्तिक २०८१ १५:१४ | Sunday, November 10, 2024
उच्च अंकले बढ्यो सेयर बजार सेयर बजार

काठमाडौँ- आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ। ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि उल्लेख बढेको छ। कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।

आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो।

सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ। यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होम्मिए। उक्त उपसमूहको सूचक ४.२६ प्रतिशतले बढेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १५:१४ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast