उखुको समर्थन मूल्य तोकियो

हिमाल प्रेस १४ मंसिर २०८१ १२:०२ | Friday, November 29, 2024
उखुको समर्थन मूल्य तोकियो रामनाथ अधिकारी

काठमाडौँ- सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले वृद्धि गरेको हो। जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन्।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्।

तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। सरकारले यसअघि प्रतिक्विन्टल  ७० रुपैयाँ अनुदान दिएको थियो।

प्रकाशित: १४ मंसिर २०८१ १२:०२ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast