इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयवासीले जलाए बस

हिमाल प्रेस २ मंसिर २०८१ १८:०७ | Sunday, November 17, 2024
इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयवासीले जलाए बस

इटहरी- इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेकी छन्।

दुर्घटना गराएर भागेको बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन्। आगजनीबाट बस पूर्णरूपले जलेको छ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन्। बसमा आगजनी हुन थालेपछि यात्रुहरू निस्किएर भागेका थिए। अहिले यस क्षेत्रको अवस्था तनावग्रस्त छ।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २ मंसिर २०८१ १८:०७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast