इजरायलका प्रधानमन्त्री नेतन्याहुविरूद्ध पक्राउ पुर्जी

हिमाल प्रेस ६ मंसिर २०८१ १९:५० | Thursday, November 21, 2024
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरूद्ध पक्राउ पुर्जी फाइल तस्बिर

काठमाडौँ- अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसहित तीन जना विरूद्ध वारेन्ट जारी गरेको छ।

आईसीसीले प्रधानमन्त्री नेतन्याहुसहित इजरायलका पूर्वरक्षामन्त्री योआव गैलेन्ट र हमासका सैन्य कमाण्डर मोहम्मद दिएफविरूद्ध वारेन्ट जारी गरेको हो।

आईसीसीको पूर्वसुनुवाइ कक्षले इजरायलको तर्फबाट अदालतको अधिकार क्षेत्रलाई दिइएको चुनौतीलाई रद्द गरेर वारेन्ट जारी गरेको बताइएको छ।

इजरायली सेनाले हमास कमाण्डर दिएफको गत जुलाईमा एक हवाई आक्रमणमा गजामा मृत्यु भए पनि आईसीसीले उनलाई मृत मान्न अस्विकार गरेको जनाएको छ।

‘तीनै जनामाथि इजरायल र हमासबीचको युद्धका क्रममा युद्ध र मानवताविरूद्ध अपराध साबित हुने पर्याप्त आधार रहेको छ,’आईसीसीका न्यायाधिशले भनेका छन्।

यद्यपि इजरायल र हमास दुवैले आईसीसीले लगाएको आरोपलाई खारेज गरेका छन्। आईसीसीले वारेन्ट जारी गरे पनि लागु हुने वा नहुने विषय १२४ सदस्य देशमाथि निर्भर रहेको जनाइएको छ।

गत मई महिनामा आईसीसीका अभियोजक करीम खानले नेतन्याहु, योआव र दिएफ, इस्माइल हनिया र याह सिनवारविरूद्ध वारेन्टको माग गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८१ १९:५० | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast