काठमाडौँ- मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोही निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको शोकमा बिदा दिएको हो। कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो।
आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित: ३ मंसिर २०८१ ९:२४ | Monday, November 18, 2024
प्रतिक्रिया





