आज काठमाडौँमा ४ घण्टा विद्यत् जाने

हिमाल प्रेस ११ मंसिर २०८१ ६:२० | Tuesday, November 26, 2024
आज काठमाडौँमा ४ घण्टा विद्यत् जाने

काठमाडौँ- काठमाडौँका केही स्थानमा आज चार घण्टा बिजुली काटिने भएको छ। मंगलबार दिउँसो चार घण्टासम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायतका क्षेत्रमा विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

ती ठाउँमा केवल लाइन विस्तारका लागि महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

विद्युत् कटौती हुँदा ती क्षेत्रका ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ। तोकिएको काम निर्धारित समय अगावै सम्पन्न भएमा मंगलबार दिउँसो तीनबजे अघि नै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: ११ मंसिर २०८१ ६:२० | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast