आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने

हिमाल प्रेस ३० कार्तिक २०८१ ७:३७ | Friday, November 15, 2024
आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपालबाट पहिलोपटक आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदैछ। गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि आज (कात्तिक ३० गते) बंगलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रुपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले जानकारी दिए।

आज नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्नेछन्। कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १ बजे नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ।

प्रकाशित: ३० कार्तिक २०८१ ७:३७ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast