आजदेखि फिल्म साउथ एसिया महोत्सव

हिमाल प्रेस ६ मंसिर २०८१ ७:३६ | Thursday, November 21, 2024
आजदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ- ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु फिल्म र वृत्तचित्र प्रर्दशन गरिनेछन्। महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका नौ देशका फिल्म प्रदर्शन हुँदैछन्।

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट फिल्म, उत्कृष्ट डेब्यु फिल्म र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए।

‘बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ। निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदैछ’, उनले भने, ‘वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो।’

कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थितिसमेत रहने बताइएको छ। महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीद्वारा सिर्जित सात लघु फिल्म प्रदर्शन गर्ने तयारी रहेको छ।

प्रकाशित: ६ मंसिर २०८१ ७:३६ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast