आगामी निर्वाचन अगावै संविधान संशोधन हुन्छ : एमाले महासचिव

हिमाल प्रेस २७ कार्तिक २०८१ १२:५९ | Tuesday, November 12, 2024
आगामी निर्वाचन अगावै संविधान संशोधन हुन्छ : एमाले महासचिव

मोरङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए।

उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए। उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे।

महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढंगले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०८१ १२:५९ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast