आईपीएल : १३ वर्षीय सुर्यवंशी किन्न १ करोड बढी खर्चियो राजस्थानले

हिमाल प्रेस ११ मंसिर २०८१ ८:२१ | Tuesday, November 26, 2024
आईपीएल : १३ वर्षीय सुर्यवंशी किन्न १ करोड बढी खर्चियो राजस्थानले

वैभव सुर्यवंशी इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन्।

जारी २०२५ को आईपीएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन्। अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली रुपैयाँ) बिक्री भए।

बैभवका लागि राजस्थान र दिल्ली क्यापिटल्सले बिडिङ गरेका थिए। तर, अन्तमा उनी राजस्थानमा अनुबन्ध हुन पुगे।

वैभवले १२ वर्षको उमेरमा विहारबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए। उनको चर्चा त्यसयता चुलिएको थियो। उनी सन् २०२३ मा भारतको भारत यू१९ को बी टोलीबाट पनि खेलेका थिए। उनले त्यसबेला ६ खेलमा १ सय ७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए।

उनले सेप्टेम्बर २०२४ मा भारत यू१९ बाट अष्ट्रेलिया यू१९ विरुद्ध टेस्ट पनि खेले । उनले त्यस खेलमा ५८ बलमा शतक बनाएर १ सय ४ रनमा रनआउट भएका थिए।

प्रकाशित: ११ मंसिर २०८१ ८:२१ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast