अवस्था र व्यवस्था बदल्न आन्दोलन जरुरी छ : कमल थापा

हिमाल प्रेस २७ कार्तिक २०८१ ७:१३ | Tuesday, November 12, 2024
अवस्था र व्यवस्था बदल्न आन्दोलन जरुरी छ : कमल थापा

वीरगन्ज- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति दिनको निमित्त निर्णायक आन्दोलन जरुरी भएको बताएका छन्।

आजबाट सुरु भएको पार्टीको तराई मधेस राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले तराई मधेसको पहिचानको रक्षाको लागि मधेस केन्द्रित अभियान सुरु भएको बताएका छन्।

मधेसको पहिचानको रक्षाको लागि विकास र समृद्धिको लागि मधेसी जनताको हक, हित र समृद्धिको लागि राप्रपा नेपाल सशक्त रूपमा कृयाशिल हुनुपर्नेमा जोड दिँदै थापाले राष्ट्रवादी, प्रजातान्त्रिक ,राजावादी, हिन्दुवादी शक्ति मिलेर निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिए।

सनातन हिन्दु धर्म मधेसको पहिचान र सान भएको भन्दै थापाले मधेसको पहिचानको रक्षाका लागि नयाँ ढंगबाट आन्दोलन गर्नुपर्ने बताए।

तराई मधेस क्षेत्रको आर्थिक,सामाजिक, सांस्कृतिक विकासको लागि राप्रपा नेपालसँग दूरदर्शी नीति ,योजना र कार्यक्रम रहेको समेत जिकिर गरे।

प्रकाशित: २७ कार्तिक २०८१ ७:१३ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast