अमेरिका र फिलिपिन्सले गरे सैन्य जानकारी आदानप्रदान गर्ने सम्झौता

हिमाल प्रेस ३ मंसिर २०८१ १८:०८ | Monday, November 18, 2024
अमेरिका र फिलिपिन्सले गरे सैन्य जानकारी आदानप्रदान गर्ने सम्झौता

मनिला (रासस/एएफपी)- अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गरेका हुन्। राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ। सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरूले बताएका छन्।

यसै गरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्ताबेजलाई फिलिपिन्स र अमेरिकाबिच सूचना साझेदारी बढाउने महत्त्वपूर्ण कार्य भएको जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८१ १८:०८ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast