अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

हिमाल प्रेस २३ कार्तिक २०८१ २०:२१
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी ÕW

गण्डकी- पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ ।

खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो बनाउन क्रस कन्ट्री प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। उनले प्रतिस्पर्धात्मक खेलकुदको विकासका लागि खेलकुद क्षेत्रका संस्थाको विकासमा जोड दिँदै खेलकुद प्रणाली र अन्य पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: २३ कार्तिक २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast