अछाममा प्रहरीका असईले आफैँमाथि चलाए गोली

हिमाल प्रेस १४ मंसिर २०८१ १५:४७ | Friday, November 29, 2024
अछाममा प्रहरीका असईले आफैँमाथि चलाए गोली सांकेतिक तस्बिर

काठमाडौँ– अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन्। तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैँले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको बताए।

डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिए। घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको भण्डारीले बताए।

प्रकाशित: १४ मंसिर २०८१ १५:४७ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast