कुवेतविरुद्ध कप्तान पूजाकाे कीर्तिमानी शतकमा विशाल लक्ष्य

हिमाल प्रेस २७ कार्तिक २०८१ १३:०५ | Tuesday, November 12, 2024
कुवेतविरुद्ध कप्तान पूजाकाे कीर्तिमानी शतकमा विशाल लक्ष्य

काठमाडौँ- यूएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकप छनोटमा नेपाली कप्तान पूजा महतोले कीर्तिमानी शतक प्रहार गरेकी छन्। पूजाकाे शतकसँगै नेपालले कुवेतलाई विशाल लक्ष्य पनि दिएको छ। यूएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तयार पार्‍यो।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार कुवेतविरुद्ध नै यूएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन्। पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक प्रहार गरेकी हुन्।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन्। सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन्। कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए। आज नेपाल चौँथो जितको खोजीमा छ।

प्रकाशित: २७ कार्तिक २०८१ १३:०५ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast