९५ रुपैयाँमा झर्‍यो गोलभेडा, अरू कति?

हिमाल प्रेस १५ कार्तिक २०८१ ९:००
10
SHARES
९५ रुपैयाँमा झर्‍यो गोलभेडा, अरू कति?

काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहीबार सबै प्रकारको गोलभेडाको मूल्य घटेको छ। पछिल्लो समयमा गोलभेडाको मूल्य निक्कै बढेको थियो।

बिहीबार कालिमाटी बजारमा ठूलो गोलभेडा ९५ रुपैयाँमा कारोबार गरेको छ। बुधबार यही गोलभेडा १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो।

यस्तै सानो गोलभेडा १०० रुपैयाँ, टनेलको सानो गोलभेडा १००, रातो आलु ८१, प्याज १०३ गाजर १३०, बन्दा ४५, स्थानीय काउली १३०, सेतो मुुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ८५, तने बोडी ५५, मटरकोशा १९०, घिउ सिमी ६५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यसैगरी तीते करेला ६५, लौंका ५५, परवर ५५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी लाम्चो ६५, हरियो डल्लो फर्सी ६५, हरियो डल्लो फर्सी ६५, भिण्डी ८५, वरेला ४८, स्कुस, रायो साग ४५, पालुङ्गो साग १२८, तोरीको साग ६५, चमसुरको साग १७६.६७, मेथिको साथ १७६.६७, कन्ये च्याउ १३५, डल्ले च्याउ २८८, राजा च्याउ २९०, ब्रोकाउली १८०, भेडे खुर्सानी १५६.६७, अदुवा २०५ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =