काठमाडौँ- यस वर्ष तिहारको दिन पनि केही स्थानमा वर्षा हुने सम्भावना छ। मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनमा केही प्रदेशमा वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली हुने सम्भावना छ। ती स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको पूर्वानुमान छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
प्रकाशित: १४ कार्तिक २०८१ १२:५१
प्रतिक्रिया