कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस १४ कार्तिक २०८१ ६:२६
10
SHARES
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ- देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८१ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast