कोरिया जाने कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आह्वान

हिमाल प्रेस १३ कार्तिक २०८१ १०:५४
22
SHARES
कोरिया जाने कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आह्वान

काठमाडौँ- वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने टिकट आपूर्तिका लागि एयरलाइन्सलाई बोलपत्र आह्वान गरेको छ।

इजाजत प्राप्त इच्छुक कम्पनीले बोलपत्र फाराममा उल्लेखित सूचना प्रकाशित भएको मितिले ३१ औँ दिनभित्र आवेदन पेश गर्न शाखाको सूचनामा भनिएको छ।

२०८१-१०-०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जाने कामदारको एकतर्फी हवाईटिकट उपलब्ध गराउन विद्युतीय माध्यमद्वारा बोलपत्र आव्हान गरिएको शाखाको सूचनामा छ।

प्रकाशित: १३ कार्तिक २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast