काठमाडौँ- फिल्म ‘जेरी अन टप’ को छायांकन सुरु गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिमले छायांकन थालेको हो।
६० दिनको सेड्यूलमा छायांकन सक्ने निर्माण टिमको तार्गेट छ। फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायांकन हुनेछ।
सुयोग गुरुङको निर्देशन रहने फिल्ममा हेमराज बिसीको कथा र विश्व तिमिल्सिनाको पटकथा छ। अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा उनका बुबा भुवन केसीको पनि अभिनय रहनेछ। टिमका अनुसार अभिनेता भुवन रिलमा अनमोलको बुवाकै भूमिकामा देखिन लागेका छन्।
फिल्ममा अन्य कलाकार जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे (माग्नेबुढा), विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगीता मगर र सुश्मा निरौँला लगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा उज्जल जोशीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीतमा बन्नेछ।सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्ममा उनीसहित दिपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठको लगानी रहनेछ।
इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहने फिल्मको एसोसिएट निर्माता ओमप्रकाश अग्रवाल र विवेक थापा हुन्। अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।