काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज गोलभेँडा, कुरिलो, सागसहित केही तरकारीको मूल्य थोरै घटेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ।
कालिमाटीमा आज थोकमा गोलभेँडाको मूल्य प्रतिकिलो ८५ देखि १०५ रुपैयाँसम्म छ। भारतीय गोलभेँडाको मूल्य ८५ छ भने नेपाली गोलभेँडाको मूल्य १०५ रुपैयाँ छ। दसैँताका कालिमाटीमा थोकमै गोलभेँडाको मूल्य प्रतिकिलो १८० भन्दा माथि पुगेको थियो।
त्यसैगरी भारतीय सुकेको प्याज १०३, तराईको गाँजर ९५, तराईको बन्दा ३५, स्थानीय काउली १२०, सेतो मुला २५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ९५, तने बोडी ११५, मकै बोडी ५५, करेला ६५, परबल ६५, चिचिन्डो ३५, पाकेको फर्सी ३७, हरियो फर्सी ७५, स्कुस १७, रायोको साग ५५, चम्सुरको साग १७६, कन्य च्याउ ११६, डल्ले च्याउ २७६, कुरिलो ८५०, ब्रोकाउली १६६ रुपैयाँ प्रतिकिलो छ। यो सबै थोकमा किनबेच भइरहेको औसत मूल्य हो।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ११०, रातो आलु ८२, भारतीय सुकेको प्याज १०३, लोकल गाँजर ११५, तराईको बन्दा ३५, स्थानीय काउली १३०, लाम्चो भन्टा ७५, करेला ७५, चिचिन्डो ३५, घिरौँला ७५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी पाकेको फर्सी ४४, हरियो फर्सी ७५, भिन्डी ६५, स्कुस १७, रायोको साग ७५, चम्सुरको साग २२३, कन्य च्याउ १४०, डल्ले च्याउ २७६, ब्रोकाउली १९०, कुरिलो १००० रुपैयाँ प्रतिकिलो थियो।