गगन थापा भन्छन् : सहकारी ठगीमा मुछिएका धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि छानबिन गर्नुपर्छ

हिमाल प्रेस १२ कार्तिक २०८१ १५:५४
28
SHARES
गगन थापा भन्छन् : सहकारी ठगीमा मुछिएका धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि छानबिन गर्नुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका पार्टी उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले उनले सहकारी ठगीमा नाम जोडिएका गुरुङ र पोखरेलमाथि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका हुन्।

महामन्त्री थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताए। उनले जनतालाई सरकार भएको महसुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास गराउनुपर्ने बताए।

महामन्त्री थापाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे। सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले बताए।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए।

प्रकाशित: १२ कार्तिक २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast