भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

हिमाल प्रेस १२ कार्तिक २०८१ १५:१३
6
SHARES
भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाण्डौं – गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा बताए।

‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा पूर्णता दिने गरी समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘ यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ।’

उनले आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारणसम्बन्धी ऐन लाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्,’ उनले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ।’

प्रकाशित: १२ कार्तिक २०८१ १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =